यस होटल व्यवसायी महासँघ देशैभरि छरिएर रहेका सामान्य देखि तारे होटलहरुको छाता सँगठनकोरुपमा कार्य गर्दै आइरहेको एक गैह्र-नाफामुलक राष्ट्रियस्तरको गैह्र-सरकारी सँस्था हो । बि.सँ.२०६८ सालमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा बिधिवत दर्ता भएर आफ्नो बैधानिकता दिई होटल व्यवसायी र पर्यटनको क्षेत्रमा विभिन्न कार्यक्रमहरु सँचालन गर्दै आइरहेको छ ।
सँघीय गणतन्त्र नेपालको ७७ वटा जिल्लामा रहेका करिब ८० हजार होटल व्यवसायीहरुको छाता सँगठन यो होटल व्यवसायी महासँघ नेपालको सँघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन विभाग, आन्तरिक तथा बाह्य पर्यटनसँग सरोकार राख्ने विभिन्न सँघ/सँस्थाहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायी तथा पर्यटन विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो विधानले निर्दिष्ट गरेका लक्ष्य र उद्देश्यहरुका साथ अगाडि बढिरहेको छ ।
Visit Websiteहोटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश यस प्रदेश अन्तर्गतका १३ वटा जिल्लाभरि छरिएर रहेका साना, मझौला, पर्यटक स्तर तथा तारे होटलहरुको छाता संस्थाको रुपमा कार्य गरिरहेको गैर नाफामूलक गैर सरकारी संस्था हो । बि.स २०७५ सालमा काठमाण्डौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई यस संघले निरन्तर रुपमा आफ्नो मातहतका होटल तथा पर्यटन व्यवसायीहरुका बीचमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको कुरा अवगत गराउँदछौँ
यस संघले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाहरु एवं सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै व्यवसायिक हक हित प्रवर्द्धन एवं देशको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो विधानले निर्दिष्ट गरेको लक्ष्य र उद्देश्यका साथ अगाडि बढिरहेको कुरा अवगत गराउन चाहन्छौँ ।
Visit Websiteयस नेपाली होटल व्यवसायी संघ २०५७ साल पौष २८ गते विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गराई आफ्ना व्यवसायीहरुको हक हितका साथै सामाजिक सेवामा समर्पित यस संघले आफ्नो २४ औं वसन्तहरु सफलताका साथ पार गर्दै २५ औं बर्षमा प्रवेश गरेको छ ।
५०० भन्दा बढी होटल व्यवसायीहरुको छाता संगठन यो होटल व्यवसायी महासंघ नेपाल, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार संग समन्वय र सहकार्य गर्दै व्यवसायी तथा पर्यटन विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै अगाडि बढिरहेको छ ।
Visit Website